बुटवल । रुपन्देहीको देवदहमा रहेको क्वारेन्टाइनका सुरक्षा गार्डले आफ्नै जिउमा मट्टीतेल खन्याएर आगो लगाएका छन् ।
रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थित क्वारेन्टाइनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले मंगलबार बिहान ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका थिए ।
जलेर गम्भीर घाइते भएका भएका उनको पाल्पा मिसन अस्ताल लैजाने क्रममा बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए ।
उनले आफ्नै शरिरमा किन आगो लगाएका हुन् भन्ने खुल्न नसकेको र घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७