भारतीय अभिनेता अमिताभ बच्चन कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।
कोरोना उपचारपछि स्वस्थ बनेका अमिताभ मुम्बईको नानावती अस्पतालबाट २३ दिनपछि डिस्चार्ज भएका छन् ।
आइतबार ट्विटरमा जानकारी दिँदै उनले आफू अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन् । उनले ट्विटरमा भनेका छन्, ‘मेरो कोरोना परीक्षण गराएर घरको क्वारेन्टाइनमा फर्किएको छु।’
उनले आफूलाई जन्म दिने माता पिताको आशिर्वाद, समर्थकहरुको प्रार्थना र नजिकबाट माया गर्ने फ्यानहरुको मायाले सुरक्षित रहेको बताएका छन्।
अमिताभ कोरोनामुक्त भए पनि उनका छोरा अभिषेक बच्चन भने अझै कोरोना संक्रमित नै छन् ।
अभिषेक बच्चन लेख्छन्, ‘मेरो बुबाको रिपोर्ट नेगेटिभ आएको छ । उहाँलाई अस्पतालबाट डिस्चार्ज गरियो । उहाँ घरमा आराम गर्नुहुने छ । तपाईहरुको प्रार्थनाका लागि धन्यवाद दिन चाहन्छु ।’
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७