भारतका गृहमन्त्री अमित शाहलाई काेराेना भाइरसकाे संक्रमण भएकाे छ ।
गृहमन्त्री शाहले आफ्नो ट्विटरमार्फत आफूलाई काेराेना भएकाे जानकारी दिएका छन् । संक्रमण देखिएपछि डाक्टरको सल्लाहमा शाह मेदान्त अस्पतालमा भर्ना भएका छन्।
गृहमन्त्री शाहले आफ्नो स्वास्थ्य अवस्था ठीक भएको र डाक्टरको सल्लाह अनुसार अस्पताल भर्ना भएकाे बताएका छन् ।
साथै उनले केही दिनदेखि आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोनाको परिक्षण गर्न र तुरुन्त आइसोलेट हुन आग्रह गरेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७