कोरोना भाइरसको संक्रमण निकै भयावह बन्दै गएकाे मुलुक भारतमा काेराेनाकै कारण एक मन्त्रीको मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमणबाट बिरामी भएकी उत्तर प्रदेशकी शिक्षा मन्त्री कमला रानी वरुणको मृत्यु भएको हो ।
उनको निधनप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोक व्यक्त गर्दै राष्ट्रले ठूलो क्षति व्यहोरेको जानकारी दिए ।
भारतमा कोरोना संक्रमणसँगै उत्तर प्रदेश पनि कोरोनाको हटस्पट बनेको बेला सक्रिय रुपमा लागिपरेकी कमला रानीलाई गत २७ जुलाईमा कोरोना संक्रमण देखिएपछि लखनउको पिजिआई अस्पताल भर्ना गरिएको थियो ।
उपचारकै क्रममा स्वासप्रस्वासमा समस्या बढ्दै गएपछि मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सन् २०१७ मा भाजपाले उनलाई कानपुरको घाटमपुर क्षेत्रबाट उम्मेदवार बनाएको थियो । सो क्षेत्रबाट विजयी हुने भाजपाकी उनी पहिलो विधायक थिइन् ।
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७