काठमाडौँमा १ प्रहरी जवानको कोठाबाट सुन जस्तै देखिने १ किलो पहेँलो धातु बरामद भएको छ ।
साढे १४ किलो सुनकाे जलप लगाएकाे चाँदी र आधा किलो सुन फालेर भागेकाे प्रकरणमा गलत सूचना दिएको आराेप लागेका सादा पोशाकका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा सुन जस्तो देखिने १ किलो धातु बरामद भएको प्रहरी स्राेतले बताएको छ ।
उनकाे काेठामा भेटिएकाे सुन नै हाे वा अन्य धातु भन्ने विषय परीक्षणपछि मात्रै थाहा हुने बताइएकाे छ ।
प्रहरीले मंगलबार कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको पत्रकार सम्मेलन गरेर बताएको थियो । तर, परीक्षणका क्रममा साढे १४ किलो चाँदी र आधा किलाे मात्रै सुन भएको पुष्टि भएको थियो ।
साे प्रकरणमा चरम लापरबाही गरेकाे भन्दै दरबारमार्ग प्रहरी प्रमुख डीएसपी रञ्जनकुमार दाहाललाई जिम्मेवारीबाट हटाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७