महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रञ्जन दाहाललाई प्रहरी प्रधान कार्यालयले जिम्मेवारीबाट हटाएको छ ।
मंगलबार कमलादीबाट बरामद गरेको भनिएको साढे १४ केजी चाँदी र आधा किलो सुन अपरेसनमा व्यावसायिकता प्रदर्शन गर्न नसकेको भन्दै उनलाई हटाइएको हो ।
दाहालको ठाउँमा डीएसपी रामशरण पौडेललाई पठाइएको छ । पौडेल यसअघि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए ।
दाहाललाई भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७