सर्वोच्च अदालतले लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलाशले 'नाई संघ'का गजेन्द्र ठाकुरले दायर गरेको रिटमा बिहीबार अन्तरिम आदेश जारी गरेको हो ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय काठमाडौं, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाइएको थियो ।
सर्वोच्चले घर भाडा लिने निर्णय तत्काल रोक्न सबै प्रदेशका मुख्यमन्त्रीको नाममा आदेश गरेको हो ।
सर्वोच्चले यसअघि २०७७ असार २४ गते सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको थियो । सर्वोच्चले घर भाडा तिर्न नसक्ने वर्गका मानिस, दैनिक श्रम गरिरहेका व्यक्तिहरुको बारेमा सरकारसँग लिखित जवाफ माग गर्दै त्यस्तो आदेश जारी गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७