पहिराेका कारण अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ ।
अविरल वर्षासँगै सो राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा बिहान ८:५५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको थियो।
एक्साभेटर लगाएर पहिरो हटाएपछि अहिले सडक पूर्णरुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
बिहान निरन्तर पानी परेकाले पहिरो हटाउन समय लागेको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७