काठमाडौँ । काठमाडौँको कमलपाेखरी गाडीबाटै 'सुनकाे झाेला' फ्याँकेर भागेको स्कर्पियो गाडी ललितपुरको नखिपोटमा भेटिएको छ ।
आधा किलो सुन, २ वटा पेस्तोल र साढे १४ किलो सुनकाे जलप लगाएकाे चाँदीको झोला फालेर भागेको भनिएको बा ६ च ५५१९ नम्बरको स्कर्पियो गाडी नखिपोटमा फेला परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
नखिपाेटकाे एउटा निर्माणाधीन घरभित्र छोपेर राखिएको अवस्थामा उक्त गाडी फेला परेको बताइएकाे छ ।
घटनामा संलग्न रहेकाे अभियाेगमा नवलपरासीबाट ३ जनालाई पक्राउ गरे पनि गाडी भने भेटिएकाे थिएन । सोही क्रममा बिहीबार दिउँसो गाडी फेला पारेको हाे ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७