काठमाडौं । उदयपुरमा करेन्ट लागेर १ युवककाे मृत्यु भएकाे छ ।
करेन्ट लागेर त्रियुगा नगरपालिका–९ बस्ने २६ वर्षीय विशाल दनुवारको बुधबार मृत्यु भएको हाे ।
सोही नगरपालिका–५ स्थित विद्युतको पोलमा चढेर वर्ल्ड लिंक नेटको तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो।
करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी रौतहटमा पनि करेन्ट लागेर १ महिलाकाे मृत्यु भएकाे छ। सदरमुकाम गौरस्थित कबिर चोकमा बिहीबार बाटोमा विद्युतको पोल ढल्दा करेन्ट लागेर स्थानीय १ महिलाकाे मृत्यु भएकाे हाे ।
बजारतर्फ गइरहेकी गौर नगरपालिका–४ की ७० वर्षीय शान्तिदेवीले भुइँमा लत्रिएको विद्युतको तारमा टेक्दा उनलाई करेन्ट लागेको थियो ।
बिहान ७ बजे वर्षासँगै आएको हावाहुरीले बिजुलीकाे पाेल ढाल्दा सोही स्थानमा रहेको एउटा साँढेको शरीरमा विद्युतको तारले छोएपछि करेन्ट लागेर घटनास्थलमै २ वटा साँढेको पनि मृत्यु भएको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी शान्तिदेवीको उपचारको क्रममा जिल्ला अस्पताल गौरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७