दाङ । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मा पहिरोले घर भत्किँदा आमाछोरीको मृत्यु भएको छ ।
दाङ जिल्ला प्रहरी कार्यालयले दिएकाे जानकारी अनुसार माथिबाट खसेको पहिरोले घरको कोठा भत्किँदा त्यसभित्र सुतिरहेका २६ वर्षीया बाटुली नेपाली र उनकी २ वर्षीया छोरी आयुष्माको मृत्यु भएको हो ।
उनीहरूको शव पुरिएको अवस्थामा भेटिएको हाे । उनीहरूको शव प्रहरीको टोलीले निकालिसकेको छ ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७