काठमाडौं । नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको ६८ वर्षको उमेरमा मृत्यु भएको छ ।
प्यान्क्रियाजको क्यान्सरबाट पीडित खड्काको मंगलबार थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
खड्कालाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०६६ सालमा प्रधानसेनापति रुक्मांगत कट्वाललाई बर्खास्त गर्दै निमित्त प्रधानसेनापतिको जिम्मेवारी दिएका थिए ।
तर तत्कालीन राष्ट्रपति रामवरण यादवले अस्वीकार गर्दै त्यही रात कट्वाललाई नै प्रधानसेनापतिको जिम्मेवारी दिएका थिए ।
प्रचण्डले सोही प्रकरणपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।
खड्काले ३९ वर्षसम्म नेपाली सेनाका विभिन्न पदमा रहेर काम गरेका थिए । २०६६ सालमा सेनाबाट उनले अवकाश पाएका थिए ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७