काठमाडाैं । प्रहरीले काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अवैध रूपमा भित्र्याइएको १५ किलो सुन बरामद गरेको हो ।
अवैध सुनबारे सूचना पाएर खोजी गर्दै जाँदा शंकास्पद व्यक्तिको झोलामा सो सुन भेटिएको प्रहरीले बताएको छ। साथै उनकाे साथबाट २ थान पेस्तोल पनि बरामद भएकाे छ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीलले दिउँसो १ बजे पत्रकार सम्मेलनमार्फत घटनाको विवरण सार्वजनिक गर्ने जनाएका छन् ।
स्रोतका अनुसार बरामद सुन परीक्षणका लागि पठाइएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७