विश्वमा सोमबारसम्म १ करोड ६४ लाख ३२ हजार १ सय १० जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।
कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ६ लाख ५२ हजार ४ सय ३७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शनिबार जानकारी दिएको छ ।
संक्रमितमध्ये हालसम्म १ लाख ५६ हजार ५ सय ५४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५७ लाख २१ हजार ८ सय ४४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६६ हजार २ सय २९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४३ लाख ७१ हजार ८ सय ३९ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४९ हजार ८ सय ४९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३७ लाख ४२ हजार ३ सय ६६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ३४ हजार २ सय ५६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५१ लाख २९ हजार ९ सय ६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ८ हजार ५ सय ९६ जनाको मृत्यु भएको छ ।
युरोपमा २७ लाख ८४ हजार ८ सय ४२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख १ हजार ५ सय ३२ को मृत्यु भएको छ । एसिया ३९ लाख ५ हजार ४ सय ३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८७ हजार ४ सय ६५ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा आठ लाख ५० हजार ६ सय २८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १७ हजार ८ सय ८ जनाको मृत्यु भएको छ । ओसियानामा १६ हजार ६ सय ६४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १ सय ८३ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७