काठमाडाैं । पोखरा विश्वविद्यालले कोरोना भाइरसको महामारीका कारण स्थगित भएकाे परीक्षा आगामी भदौको अन्तिम साताबाट सुरु हुने जनाएको छ ।
सोमबार विज्ञप्ति प्रकाशित गर्दै विश्वविद्यालयले भदौको अन्तिम साताबाट परीक्षा सुरु गरेर दसैंअघि नै सक्ने बताएको हाे ।
लामो दुरीका गाडीहरू भदौदेखि मात्रै खुल्ने र देशका विभिन्न भागमा छरिएर रहेका विद्यार्थीहरुलाई आउन समस्या हुने अवस्थालाई ध्यानमा राखी भदौ अन्तिम सातादेखि परिक्षा गर्न लागिएको हो ।
परीक्षा सञ्चालन गर्दा सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाईने विश्वविद्यालयले जनाएको छ ।
कोरोनाको महामारी रोक्न सरकारले लकडाउन सुरु गरेपछि विश्वविद्यालयका स्नातक र स्नातकोत्तर तहका परीक्षाहरु रोकिएको थियो।

प्रकाशित मिति: सोमबार, साउन १२, २०७७