काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका पूर्वकप्तान तथा कतारी फुटबल क्लब अल सादका वर्तमान प्रशिक्षक जाभी हर्नान्डेजलाई कोरोना संक्रमण भएको छ ।
४० वर्षीय जाभीले इन्स्टाग्राममार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले आफू सेल्फ आइसोलेसनमा रहेको पनि जानकारी दिएका छन् ।
कोरोनाका कारण स्थगित भएको कतारी लिग पुनःसञ्चालनमा आउन लागेकै दिन उनलाई संक्रमण पुष्टि भएको थियो ।
समाचार स्राेतका अनुसार उनी खतरामुक्त छन् र दोहास्थित निजी निवासमा आराम गरिरहेका छन् ।
जाभीले अब आफ्नो क्लबको अल खोर विरुद्धको खेल गुमाउनेछन् । उनको स्थानमा डेविड प्राट्सले टिमको प्रशिक्षण सम्हाल्नेछन् ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७