काठमाडौं । सरकारले कोरोना भाइरस राेकथाम तथा नियन्त्रणका लागि मास्क र सेनिटाइजरकाे प्रयाेगमा कडाइ गर्न निर्देशन दिएकाे छ।
काेराेना संक्रमणको दर बढिरहेका बेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको हाे ।
गृहले गरेकाे परिपत्रमा सामाजिक दूरी कायम नभएको, मास्क सेनिटाइजर प्रयोग नगरिएको र स्वास्थ्य सतर्कतासमेत नपनाइएकाले कोरोनाको जोखिम बढ्नसक्नेतर्फ सचेत गराइएको छ ।
गृहले मास्क प्रयोग, सामाजिक दूरी कायममा अटेरी गर्नेलाई पक्राउ गरी प्रचलित कानुनअनुसार कारबाही गर्नसमेत निर्देशन दिएको छ ।
हरेक जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको पूर्ण विवरण दैनिक रुपमा गृह मन्त्रालयमा बुझाउनुपर्ने छ ।
मास्क नलगाएको आरोपमा पक्राउ पर्ने व्यक्तिविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन-२०२० अनुसार कारबाही हुने व्यवस्था छ ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७