काठमाडाैं । नायक तथा कलाकार भुवन केसीले १० करोड रुपैयाँ क्षतिपूर्ति माग दाबीसहित नायिका सम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् ।
जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले केसीले अभिनेत्री साम्राज्ञीविरुद्ध ‘बेइज्जती’ मुद्दा दर्ता भएको जानकारी दिए ।
यसअघि साम्राज्ञीले आफूलाई झुठो आरोप लगाएको भन्दै केसीले कलाकर संघमा उजुरी दिएका थिए । दुर्व्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै केसीले उजुरी हालेका हुन् ।
सम्राज्ञीले सामाजिक सञ्जालमार्फत फिल्ममा काम गर्दा आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७