काठमाडौँ । काठमाडाैंको सीतापाइलामा १ युवतीलाई एसिड आक्रमण गर्ने २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
ओखलढुंगा घर भई काठमाडौँ सीतापाइला बस्ने पवित्रा कार्कीलाई एसिड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको हो ।
घटनामा संलग्न रहेको आरोपमा काठमाडौँको डल्लुस्थित १ गारमेन्ट उद्योगका सञ्चालक ४७ वर्षीय मोहम्मद आलम र त्यहाँ कार्यरत २३ वर्षीय भारतीय नागरिक मुन्ना अहमदलाई प्रहरीले सार्वजनिक गरेको हो ।
काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरेर एसिड छ्याप्ने आलम र मोहम्मदलाई सार्वजनिक गरेको हो ।
दुवैजनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार आलम एसिड आक्रमणका मुख्य योजनाकार हुन् ।
उनले आफ्नो गारमेन्टमा कार्यरत मुन्ना अहमदको साथ लिएर २२ वर्षीया युवती पवित्रा कार्कीलाई एसिड आक्रमण गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७