काठमाडौं । चितवनस्थित कालिखोलामा पहिरो जाँदा बन्द भएको नारायणगढ-मुग्लिन सडक एकतर्फी खुलेको छ ।
मंगलबार दिनभर पहिरो हटाउने काम सकिएपछि हलुका गाडीका लागि एकतर्फी बाटो खुलेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
पहिराे सफा गरेपछि सवारी साधन एकतर्फी रुपमा सञ्चालन भएका हुन् । लामाे समयदेखि सडकमा राेकिएका सवारी गन्तव्यतर्फ लागेका छन् ।
चितवनकाे इच्छाकामना–६ मा पर्ने चारकिलोमा साेमबार बिहान ५ बजे ठूलाे पहिराे खस्दा साे सडक अवरुद्ध भएकाे थियाे ।
सडक डिभिजन भरतपुरले चितवनको राजमार्गमा मात्र ५ वटा लोडर, ६ वटा ब्याकहु र १ वटा एक्साभेटर प्रयोग गरेर राजमार्ग सुचारु गराउने प्रयास गरेकाे नारायणगढ मुग्लिन सडक अायाेजनाले जनाएकाे छ ।
नारायणगढ–मुग्लिन सडक खुले पनि मुग्लिन पार भएपछि पृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिराे खसेर सडक अवरुद्ध छ ।
पृथ्वी राजमार्गको चितवनतर्फ कुरिनटार र फिस्लिङमा पहिरोले बाटो रोकिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७