काठमाडाैं । संसदीय समितिले पत्रकारहरूलाई कामबाट निकाल्ने मिडिया हाउसहरूलाई कारबाही गर्न निर्देशन दिएकाे छ ।
संसदको विकास तथा प्रविधि समितिले श्रमजीवी ऐन विपरित कर्मचारी र पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कानुन अनुसार कारबाही गर्न सरकारलाई निर्देशन दिएको हाे । ्
कोरोना महामारीले सिर्जना गरेको सुरक्षाको असहज र जोखिमयुक्त अवस्थामा अहोरात्र खटेर सूचना प्रवाह गर्ने श्रमजीवी पत्रकार र कार्यरत कर्मचारीलाई जबरजस्ती रोजगारीबाट हटाउने सञ्चारगृहलाई कारबाही गर्न निर्देशन दिएको हो ।
समितिकी सभापति कल्याणीकुमारी खड्काले बतलबी विदामा राख्ने, तोकिएको पारिश्रमिक नदिने, सेवा सुविधा कटौती गर्नै, करार सम्झौता भंग गर्ने सञ्चारगृहलाई कारवाही गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको बताइन् ।
उनले भनिन्, ‘कोभिड-१९ ले सिर्जना गरेको सुरक्षाको असहज र जोखिमयुक्त परिस्थितिमा पनि अहोरात्र सूचना प्रवाह गरी पेसागत दायित्व निर्वाह गर्ने श्रमजिवी पत्रकार र सञ्चार माध्यममा कार्यरत कर्मचारीलाई जवर्जस्ती रोजगारीबाट हटाउने, बेतलबी विदामा राख्ने, तोकिएको पारिश्रमिक नदिने, सेवा सुविधा कटौती गर्ने र करार सम्झौता भंग गर्ने जस्ता काम भएका छन्। श्रमजिवी पत्रकार सम्बन्धी ऐन २०५१ विपरित काम हुन नदिन र भएको पाइए कानूनी कारवाही गर्न समिति नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई समितिले निर्देशन गर्छ।’
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७