काठमाडाैं । अविरल वर्षापछि आएकाे पहिरोले घर पुरिँदा धादिङका एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहान ४ बजेतिर घरमाथिबाट खसेकाे पहिरोले घर पुरिँदा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुको डेढ वर्षीया छोरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता, डीएसपी रुपक खड्काका अनुसार मृतक तीनै जनाको शव निकालिसकिएको छ।
उनीहरूको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७