भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९सय २ जनामा कोराेना भाइरसकाे संक्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले जानकारी गराएको छ ।
यो सँगै भारतमा कोभिड–१९ संक्रमितको कुल संख्या १० लाख ७७ हजार ६ सय १८ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
विगत २४ घण्टामा कोभिड–१९ संक्रमित ५ सय ४३ बिरामीको मृत्यु भएसँगै यो महामारीका कारण भारतमा मृत्यु हुनेको संख्या २६ हजार ८ सय १६ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।
भारतमा आइतबारसम्म निको भई घर फर्किने कोभिड–१९ संक्रमित विरामीको संख्या ६ लाख ७७ हजार ४ सय २३ पुगेको छ भने अझै ३ लाख ७३ हजार ३ सय ७९ जना सक्रिय संक्रमित छन् ।
सबैभन्दा बढी प्रभावित भारतीय राज्य महाराष्ट्रमा शनिबारसम्म ३ लाख ९ सय ३७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसिएमआर) का अनुसार जुलाई १८ सम्म भारतमा कोभिड–१९ संक्रमण परीक्षणका लागि १ करोड ३४ लाख ३३ हजार ७ सय ४२ जनाकाे नमुना परीक्षण गरिएको छ भने यसमध्ये शनिबार ३ लाख ६१ हजार २४ व्यक्तिको कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७