काठमाडौं । नेपाल डिजिटल टिभी अपरेटहरूले पहिलो पटक अपरेट एसोसिएसन अफ नेपाल गठन गरेका छन् ।
डिजिटल टिभी. अपरेटर तथा उपभोक्ताहरुको हकहितको संरक्षणको उद्देश्यले डिजिटल टिभी अपरेटरहरुको भेलाले तदर्थ समिति गठन गरेका हुन्।
तदर्थ समितिको अध्यक्षमा डिसहोमका सुदीप आचार्य र सदस्यहरूमा दिनेश सुवेदी (म्याक्स टिभी), प्रकाश घिमिरे (मेरो टिभी), विनय बोहोरा (भायो टिभी), विनोद तिमलसिना (ब्रोड टिभी), निरन राज भण्डारी (नेट टिभी), रविन सुवेदी (प्रभु टि.भी) र अमित थापा (क्लियर टिभी) छन्।
यसैबीच, विभिन्न भारतीय न्युज च्यानलहरुले प्रधानमन्त्रीका सम्बन्धमा विभिन्न भ्रामक तथा घृणित कपोकल्पित र नेपाली जनताको आस्थामाथि नै प्रहार गर्नेजस्ता समचार सम्प्रेषण गरेकोले निम्नलिखित न्यूज च्यानलहरुलाई अर्को सूचना नआउँदसम्मको लागि बन्द गरिएको अपरेटरहरूले जनाएका छन् ।
उनीहरूका अनुसार आजतक, -एविपि न्युज, जि न्यूज च्यानल, इन्डिया टि.भीलाई अनिश्चितकालका लागि नेपालमा प्रसारणमा राेक लगाइएकाे हाे ।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७