विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३९ लाख ५२ हजार ४ सय ६ जनामध्ये ८२ लाख ८४ हजार २ सय ८५ जना संक्रमण मुक्त भएका छन् ।
शुक्रबारसम्म प्राप्त समाचारअनुसार विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ९२ हजार ७ सय ५७ जना व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।
हाल विश्वभरमा ५० लाख ७५ हजार ३ सय ६४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ५९ हजार ८ सय ८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३६ लाख ९५ हजार २५ जनामा कोरोना भाइरसका संक्रमित छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४१ हजार १ सय १८ जनाको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३१ लाख १६ हजार ३ सय ९३ जना कोरोना भाइरस संक्रमति छन् । यहाँ १ लाख १२ हजार २ सय ९३ जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकामा ४३ लाख २६ हजार ८ सय २८ जना कोरोना भाइरस संक्रमति छन् । यहाँ १ लाख ९२ हजार ४ सय ८७ जनाको मृत्यु भएको छ ।
युरोपमा २६ लाख २९ हजार ७२ जना कोरोना भाइरस संक्रमित छन् भने १ लाख ९८ हजार १ सय ६६ जनाको मृत्यु भएको छ । एसियामा ३१ लाख ९९ हजार १ सय ६० जनामा कोरोना भाइरस संक्रमण छ भने ७५ हजार २ सय ५९ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ६ लाख ६७ हजार ३ सय ३४ जनामा कोरोना भाइरस संक्रमण रहेकामा १४ हजार ३ सय ९९ जनाको मृत्यु भएको छ । ओसियानामा १२ हजार ९ सय ३ जनामा कोरोना भाइरस संक्रमण छ भने १ सय ३८ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७