पोखरा । कास्कीमा पहिरो जाँदा एकै घरका ३ जनाको मृत्यु भएकाे छ ।
जिल्लाको माछापुछ्रे गाउँपालिका वडा नम्बर ८ खोराकोमुखमा शुक्रबार बिहान पहिरो जाँदा ३ जनाले ज्यान गुमाएका हुन् ।
खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर पहिरोले बगाउँदा उनका २ जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
शुक्रबार बिहानपख खसेको पहिरोमा परी उनीहरु सुतेकै अवस्थामा पुरिएको प्रहरीले बताएको छ । प्रेमराज दम्पती भने सकुशल छन् ।
सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव निकालेका थिए।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७