काठमाडौं । मेलम्चीको सुरुङ फुटेर बगाएका चालकको खोजीमा गएकाे सशस्त्र प्रहरी चढेकाे डुंगा मेलम्ची खोलामा दुर्घटनामा परेकाे छ ।
इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार बेपत्ताको खोजीका परिचालन भएको ४ जना सवार डुंगा बिहीबार बिहान दुर्घटना भएको हो । दुर्घटनाबाट कुनै क्षति नभएको र एपीएफका सबै ४ जना गोताखोर सकुशल रहेको प्रहरीले जनाएको छ ।
मेलम्ची खानेपानीको मुहान निरीक्षणका क्रममा बेपत्ता भएका इन्जिनियर सतीश गोहितको शव बुधबार फेला परे पनि ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगर भने अझै बेपत्ता छन् ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०७७