नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-६ का ५९ वर्षीय कृष्णप्रसाद चालिसेको शव नारायणी नदी किनारमा भेटिएको छ ।
गैँडाकोट-७ मा अवस्थित नारायणी नदी किनारमा चालिसे मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
३० असार दिउँसो घरबाट निस्किएका चालिसे हिजो साँझ मृतावस्थामा मृत भेटिएका गैँडाकोट प्रहरी प्रमुख चन्द्रबहादुर थापाले बताए।
मंगलबार साँझसम्म स्थानीयवासीले घुम्दै गरेको अवस्थामा देखेको भएपनि उनको मृत्यु के कारणले भएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको थापाले बताए।
चालिसेको शव परीक्षणका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले बताएको छ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०७७