काठमाडौं । बलात्कारको आरोपमा सशस्त्र प्रहरी बल नेपालका एसएसपीलाई प्रहरीले पक्राउ गरेकाे छ ।
हुलदंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकनरी दिएकाे छ ।
१ महिलाले अधिकारीविरुद्ध बलात्कारको उजुरी दिएपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको एसपी जीवन श्रेष्ठले जानकारी दिए।
प्रकाशित मिति: बुधबार, असार ३१, २०७७