काठमाडौं । निजी विद्यालयहरुले भोलि अर्थात् साउन १ गतेबाट अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेका छन् ।
आफूहरुले उठाएको सम्बोधन नभएको भन्दै प्याब्सन र एनप्याब्सनले वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप स्थगन गर्न र शिक्षक तथतगा कर्मचारीलाई बेतलबी घर बिदा दिने निर्णय गरेका हुन् ।
सरकारले लकडाउन घोषणा गरेसँगै निजी विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्दै आएका थिए ।
'संगठनका तर्फबाट असार १४ गते समस्या समाधानार्थ शिक्षा मन्त्रालयसमक्ष पेश गरेको ज्ञापन पत्रमा उल्लेखित विषयहरुको सम्बन्धमा असार २१ गते मन्त्रालयमा भएको भद्र सहमतिको एक साता वितिसक्दा पनि कुनै ठोस निकास नआएको र थप अन्योल बढदै गएको यस परिस्थितिमा थप गतिविधिहरु सञ्चालन गर्न हामीलाई आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले अनिश्चिताबीच विद्यालयका प्रशासनिक कार्यालयहरु खोलि गतिविधि सञ्चालन गर्नु भन्दा कार्यालय बन्द गरी बस्नु नै उचित विकल्प हो भन्ने हामीलाई महशुस भएको छ,' प्याब्सन तथा नेसनल प्याब्सनका तर्फबाट बुधबार संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएकाे छ।
निजी विद्यालयहरुले न्यूनतम शुल्क लिन पाउनुपर्ने, विद्यार्थी भर्ना गर्न पाउनुपर्नेलगायतका माग राखेका थिए ।
तर सरकारले आफूहरुको माग सुनुवाइ नगरेको भन्दै अनलाइन कक्षा नै बन्द गर्नुपरेको उनीहरुको प्रतिक्रिया छ । त्यसैगरी शिक्षक कर्मचारीको तलबभत्ता, घरभाडा, बिजुली, इन्टरनेटको शुल्क उठाउन पाउनुपर्ने माग निजी विद्यालयहरुको थियो ।
हेर्नुहाेस् विज्ञप्तिः


प्रकाशित मिति: बुधबार, असार ३१, २०७७