काठमाडौं । मंगलबार बिहानैदेखि देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । देशका धेरै ठाउँमा आंशिकदेखि सामान्य बर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बिहानैदेखि मध्यम वर्षा भइरहेको छ ।
आगामी ३ दिन प्रमुख र मझौला नदीमा बहाव सामान्य घटबढ हुने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको विभागले जनाएकाे छ।
मंगलबार कन्काई, बागमती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती, बबईका केहि स–साना सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने महाशाखाले जनाएकाे छ ।
आज इलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, का।उपत्यका, बारा, पर्सा, गोरखा, लमजुङ, तनहूँ, स्याङजा, कास्की, बागलुङ, पर्वत, नवलपरासी, गुल्मी, पाल्पा, अर्घाखाँची रूपन्देही, कपिलबस्तु, दाङ, रोल्पा, रूकुम, प्युठान, सल्ल्यान, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, जाजरकोट, अछाम, बाजुरा, बझाङ, डडलेधुरा, बैतडी दार्चुला भई बहने स–साना नदी जलाधारमा क्षणिक मध्ययम वर्षा भई आकस्मिक बहावको सम्भावना रहेको विभागले जनाएकाे छ ।
उक्त जिल्लाहरू हुँदै बग्ने नदी तथा खाेला तटीय क्षेत्रमा बसाेबास गर्नेहरूलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७