काठमाडाैं । यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरे पनि मयुर यातायात प्रालिले भने बस सेवा सुरु गरेको छ ।
साेमबार ३ वटा बसबाट सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । काेराेना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि सार्वजनिक यातायात बन्द गरेकामा गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय गरेको थियो ।
सरकारले बिहीबारदेखि सार्वजनिक यातायात खुलाउने भनेको ५ दिनपछि प्रालिले बस चलाउन थालेको हो ।
यो बीचमा बसको मर्मतलगायतको काम भइरहेको प्रालिका सञ्चालक दीपक भण्डारीले बताए । पहिलो दिनमा काठमाडौँ–बनेपा र चक्रपथ रुटमा बस चलेको छ ।
उनका अनुसार प्रालिले आगामी दिनमा अरु बस थप्नेसमेत योजना बनाएको छ । उनले भने, 'मङ्गलबार र बुधबारदेखि नै अरु बस थप्दै जानेछौ ।'
बन्दाबन्दीमा बस सञ्चालन नहुँदा व्यवसायी मारमा परेको भन्दै सहुलियतका लागि सार्वजनिक यातायात व्ययवसायी राष्ट्रिय महासङ्घले गरेको मागमा सो प्रालिले पनि समर्थन गरेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार २९, २०७७