विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ३० लाख ४९ हजार १ सय नाघेकाे छ भने हालसम्म ५ लाख ७१ हजार ८ सयभन्दा धेरैको मृत्यु भइसकेकाे छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार नेपाली समयानुसार सोमबारसम्म कोरोना भाइरसका कारण बिरामी भएका ७५ लाख ८८ हजार ५ सय १० जना निको भएका छन्.।
हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४८ लाख ८२ हजार १ सय ४१ व्यक्ति उपचाररत छन् । संक्रमितहरुमा ५८ हजार ६ सय ५२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरमा सुरु भएको कोरोना भाइरस संक्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३४ लाख १३ हजार ९ सय ९५ जनामा कोरोना संक्रमित छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३७ हजार ७ सय ८२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा २८ लाख ९४ हजार ६ सय ११ जना कोरोना भाइरस संक्रमति छन् । यहाँ १ लाख ५ हजार २ सय ९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४० लाख ७ सय १४ जना कोरोना भाइरस संक्रमति छन् । यहाँ १ लाख ८६ हजार ९० जनाको मृत्यु भएको छ ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा १८ लाख ६६ हजार १७६ भन्दा बढी संक्रमित भएकोमा ७२ हजार १ सय ५१ जनाभन्दा धेरैको ज्यान गएको छ ।
युरोपमा २५ लाख ७१ हजार ६ सय ९८ जना कोरोना भाइरस संक्रमित छन् भने १ लाख ९६ हजार ५ सय ८१ जनाको मृत्यु भएको छ ।
यसैगरी एसियामा २९ लाख ६४ हजार ६ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएकामा ७० हजार ३ सय ७८ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ५ लाख ९८ हजार २५९ जनामा कोरोना भाइरस संक्रमण छ भने १३ हजार २ सय ८६ जनाको मृत्यु भएको छ । ओसियानामा ११ हजार ६ सय ४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय ३० जनाको मृत्यु भएको छ ।
यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत छ । त्यहाँ ८ लाख ७९ हजार ४ सय ८७ भन्दा बढीमा संक्रमण भएकोमा २३ हजार १ सय ९४ जनाभन्दा धेरैको मृत्यु भएको छ ।
प्रकाशित मिति: सोमबार, असार २९, २०७७