काठमाडौं । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आज बाढीका कारण भारतसँग सीमा जोडिएका तराईका जिल्लामा डुबानको जोखिम रहेको जनाएको छ ।
यसैगरी महाशाखाका अनुसार आज कन्काई, कोसी, कमला, बागमती, नारायणी नदी, प्रदेश १, २, बागमती र गण्डकी प्रदेश भई वहने नदीमा अलि ठूलै बाढी आउने सम्भावना छ ।
यस्तै आज प्रदेश २ अन्तर्गत भारतसँग सीमा जोडिएका क्षेत्र डुबानमा पर्ने उच्च जोखिम छ ।
नारायणीमा बहाव सतर्कतादेखि खतरा आसपास पुग्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै ठाउँ तथा गण्डकी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार २९, २०७७