रूपन्देही । रूपन्देहीको कञ्चन गाउँपालिकास्थित फायरलाइनमा बलेरो जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ छुटेको बा १५ च ९३८९ नम्बरको बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रूपन्देहीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका सिद्धार्थनगर नगरपालिका–११ बस्ने अन्दाजी ३८ वर्षीय सुरज खड्काको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक इन्द्र चौधरीले बताए ।
गएराति भएको उक्त दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् ।
प्रकाशित मिति: आइतबार, असार २८, २०७७