म्याग्दी । म्याग्दीका विभिन्न स्थानमा गएको बाढी–पहिरोमा परी ३२ जना बेपत्ता भएका छन् ।
धौलागिरि, मालिका र मंगला गाउँपालिकालगायतका क्षेत्रमा पहिरो जाँदा उनीहरु बेपत्ता भएको प्रहरीले जनाएको छ ।
म्याग्दी प्रहरी प्रमुख डीएसपी किरणजंग कुँवरले धौलागिरीको मराङमा २० जना पहिरोमा हराइरहेको प्रारम्भिक जानकारी आएको बताए । अन्य स्थानमा पनि केही बेपत्ता छन् । उनका अनुसार ठाउँ–ठाउँमा पहिरो खसेर बाटो अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार पहिरोले यातायात अवरुद्ध भएपछि क्षतिकाे पूर्ण विवरण आउन सकेकाे छैन । यसैगरी पहिरोमा फसेकाहरूको उद्धार पनि गर्न नसिकिएकाे प्रहरीले जनाएकाे छ ।
यस्तै बाढीका कारण गलेश्वरस्थित राघुघाट खोलाको बेलीब्रिज बगेको छ । पुल बगाएपछि बाढी पिप्लेगलेश्वर बस्तीतर्फ सोझिँदा रघुगंगा, अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङ जिल्लामा यातायात सम्पर्क टुटेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७