बैतडी । बुधबार बैतडीको झुलाघाट नाका खुलेपछि पेन्सन बुझ्न भारत पुगेका बैतडीका १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–८ त्रिपुराका ८२ वर्षीय धनसिंह रावल छन् ।
पेन्सन लिन भारतको झुलाघाटको बैंकमा लाइनमा बसेकै बेला एक्कासी ढलेका रावलको उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बैतडीका प्रहरी नायव निरीक्षक गौरीप्रसाद जैशीले जानकारी दिए ।
उनका अनुसार मृतकको कोरोना परिक्षणका लागि स्वाव संकलन गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
मृतक रावल भारतीय सेनाबाट सेवानिवृत्त थिए । मृतक रावल लामो समयदेखि दम र श्वासप्रश्वासका रोगी रहेको बुझिएको छ ।
प्रकाशित मिति: बुधबार, असार २४, २०७७