धादिङ । जिल्लाकाे धुनीबेंसी नगरपालिका वडा नम्बर ९ खत्रीपौवामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
काठमाडौँबाट नौबिसेतर्फ आउँदै गरेको बा ४ ख ३१०४ को टिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका वडा नम्बर ३ काठमाडौं निवासी ३० वर्षीय महेश श्रेष्ठको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
घटनापछि सवारी चालक फरार भएका छन् भने प्रहरीले सवारी साधन नियन्त्रणमा लिएको छ ।
शव परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको छ ।
प्रकाशित मिति: बुधबार, असार २४, २०७७