काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ ।
उनका ९८ वर्षीय बुबाकाे गएराति मृत्यु भएको हो । घिसिङ बाथरुम जाने क्रममा बेहोस भएका थिए । दीर्घरोग केही पनि नभएका उनलाई मेडिकेयर हस्पिटल लगिएको थियो । त्यहीँ राति १० बजे उनको मृत्यु भएको हो ।
स्वर्गीय घिसिङका ६ जना छोरा र ३ जना छोरी छन् । उनकी श्रीमतीको केही वर्षअघि नै मृत्यु भइसकेको थियो ।
घिसिङको परम्परागत विधि अनुसार काठमाडौंको स्वयम्भूमा अन्तिम संस्कार गरिने बताइएको छ ।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७