काठमाडौं । याे वर्षकाे कक्षा ११ को बोर्ड परीक्षा रद्द भएकाे छ । आन्तरिक मूल्यांकनकै आधारमा प्रमाणपत्र दिने गरी परीक्षा रद्द गरिएकाे हाे ।
शुक्रबार बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद बैठकले आन्तरिक मूल्यांकनबाटै कक्षा ११ को विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिए।
आन्तरिक मूल्यांकनसम्बन्धी कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मा दिइएको छ ।
कोरोना संक्रमणका कारण बोर्डले लिने अवस्था नभएकाले यस पटकलाई कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय गरिएको हाे ।
भट्टराईका अनुसार बोर्डले कार्यविधि बनाएपछि सम्बन्धित विद्यालयले विद्यार्थीलाई अंक प्रदान गर्ने छन् । त्यही आधारमा बोर्डले प्रमाणपत्र दिने जनाएको छ ।
कक्षा १२ को विषयमा भने कुनै निर्णय गरिएको छैन । कक्षा १२ को अन्तिम परीक्षा भएकाले केही समय पर्खिने परिषद्ले जनाएकाे छ ।
प्रकाशित मिति: आइतबार, असार २१, २०७७