हेटाैंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय २८ केजी लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमान्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणमा गाँजा बरामद गरेको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रवहादुर रानाले जानकारी दिए।
उनका अनुसार शनिबार बिहान ५ बजे हेटौँडाबाट वीरगन्ज जाँदै गरेको ना ६ ख ६७७४ नम्बरको तेल बोक्ने ट्यांकरमा लुकाइछिपाई लागुऔषध गाँजा ओसारपसार गरिँदै छ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आवश्यक जाँच प्रक्रिया अघि बढाएको थियो ।
प्रहरीले सो ट्याङ्करका चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–३० बस्ने २७ वर्षीय एनामुलहक देवान र सह–चालक सोही स्थान बस्ने २४ वर्षीय मोहरवान अन्सारीलाई पक्राउ गरेको जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार २१, २०७७