काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा पहिरोले १७ घर पुरिएको स्थानीयबासिन्दाले बताएका छन् ।
गएराति खसेको पहिरोले बस्ती नै पुरिँदा के कति क्षति पुग्यो भन्ने विस्तृत विवरण आइसकेको छैन ।
अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गए राति केदारस्युँ गाउँपालिका ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र विकले बताए । उनका अनुसार पहिरोमा परी ७ जना बेपत्ता भएका छन्।
उनका अनुसार पहिरोमा परी ७ जना बेपत्ता भएका छन् । बाटो खोला किनारमा भएको र अत्यधिक वर्षाका कारण ठाउँ–ठाउँमा बाटो भत्किएका कारण प्रहरी घटनास्थल पुगिसकेको छैन ।
प्रकाशित मिति: शनिबार, असार २०, २०७७