चौतारा । बिहीबार रातिको परेको अविरल वर्षाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ स्थित कात्तिकेमा पहिरो जाँदा १ घर बगाएको छ भने झोलुङ्गे पुललाई समेत उच्च जोखिममा पारेको छ ।
स्थानीय प्रेम श्रेष्ठको घर बगाउँदा करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको र घरधनी बिहीबार बेलुका नै घर छाडेकाले मानवीय क्षति नभएको वडाध्यक्ष प्रेम तामाङले जानकारी दिए ।
त्यहाँस्थित लप्से खोलामा रहेको झोलुङ्गे पुलसमेत उच्च जोखिममा रहेकाले वडा नं २ को गोल्चे गाउँमा करिब १ हजार २ सय घर परिवारका बासिन्दालाई आवतजावत गर्न समस्या भएको छ । उक्त वडा जुगल हिमशृङ्खलाको फेदीमा पर्छ ।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७