काठमाडौं । बिहीबार देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार आज प्रदेश १,प्रदेश २, गण्डकी र प्रदेश ५ का १-२ स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि यी स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले अनुमान गरेकाे छ ।
याे क्रम आगामी शनिबारसम्म कायम रहने छ । ती क्षेत्र भएर बग्ने नदीहरूमा पानीको बहाव बढ्ने साथै भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र केही ठाउँमा डुबानसमेत हुने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
यसैगरी शुक्रबार दिउँसो सबै प्रदेशमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।
हेराैं आगामी ३ दिनकाे माैसमी अनुमानः
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७