काठमाडाैं । इरानको राजधानी तेहरानको उत्तरी क्षेत्रस्थित एक मेडिकल क्लिनिकमा विस्फोट हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।
यहाँका टेलिभिजनले हालै प्रसारण गरेको समाचार अनुसार मंगलबार राति तेहरानको उक्त मेडिकलबाट आगोको मुस्लो उठेको थियो ।यसबारे भिडियाे समेत सामाजिक सञ्जालमा अत्यधिक सेयर भएको छ । घटनाको सुरुमा अक्सिजनको सिलिन्डर पड्किएको हुनसक्ने अनुमान थियो ।
सरकारी अधिकारीहरुले भने उक्त घटना ग्यास सिलिन्डर विस्फोट गराइएको जनाएका छन् । घटनास्थलमा थुप्रै मानिस भेला हुनुका साथै सुरक्षाकर्मीहरु उद्धारमा खटिएका छन् ।
घटनापछि इरान सरकारले विज्ञप्ति निकाल्दै मृतकहरुप्रति श्रद्धाञ्जली दिनुका साथै परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै घटनाको छानविन गर्ने जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार १७, २०७७