काठमाडाैं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा ट्याक्सी चलाउन नपाएर आम्दानीको स्रोत बन्द भएको भन्दै ट्याक्सी व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर उनीहरू प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका हुन् ।
ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’, ‘ऋण थपियो, निन्द्रा लागेन लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका हुन् ।
अखिल नेपाल यातायात मजदुर संघ बागमती प्रदेशका अध्यक्ष दीपक केसीले सरकारलाई १५ गतेसम्म आफ्नो माग सम्बोधन गर्न समय दिइएको तर सरकारले बेवास्ता गरेपछि विरोधस्वरुप ट्याक्सीको चाबी यातायात व्यवस्था विभागमार्फत सरकारलाई बुझाएको बताए ।
प्रकाशित मिति: मंगलबार, असार १६, २०७७