काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।
हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु पश्चिम/दक्षिण-पश्चिम दिशाबाट बहेको तथा अन्य प्रदेशहरुमा मनसुनी वायु पुर्वी दिशाबाट बहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का १-२ स्थानमा भने भारी वर्षाको सम्भावना छ।
यी क्षेत्रहरू आसपासका नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
हेराैं आगामी ३ दिनकाे माैसमी अनुमानः
असार १६ गते (मंगलबार)
दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश र प्रदेश ५ का केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
असार १७ गते (बुधबार)
दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
असार १८ गते (विहिवार)
दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार १६, २०७७