भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या वृद्धि हुँदै गएको छ ।
आइतबार बिहान सरकारी अधिकारीहरुले भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ९ सय ६ जना संक्रमित भएको बताएका छन् ।
योसँगै भारतमा कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८ सय ५९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन्।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या लाख २ हजार ५१ पुगेको छ ।
त्यसैगरी कोरोना निको भई घर फर्केनेहरुको संख्या ३ लाख ९ हजार ७ सय ३१ पुगेको अधिकारीहरुले जनाएका छन्।
भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाभाइरसका कारण ४१० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।
कोरोना भाइरसबाट सबैभन्दा प्रभावित महाराष्ट्र प्रदेशमा मात्रै अहिलेसम्म १ लाख ५९ हजार १ सय ३३ जनामा संक्रमण देखिएको छ।
त्यसैगरी केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा भने ८० हजार १ सय ८८ जना संक्रमित भएको जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, असार १४, २०७७