बुटवल । कार दुर्घटनामा परी रुपन्देहीमा १ पत्रकारको मृत्यु भएको छ । आफैंले चलाएको बा ७ च ६९५९ नम्बरको कार दुर्घटा हुँदा तिलोत्तमा–६ मा बस्दै आएका पत्रकार कृष्ण पाण्डेको मृत्यु भएको हो ।
बा ७ च ६९५९ नम्बरको आफैँले चलाएको गाडी दुर्घटनामा परी घाइते भएका पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो ।
न्युज २४ का संवाददतासमेत रहेका ३० वर्षीय पाण्डेको उपचारकै क्रममा शनिबार राति करिब १ बजे अस्पतालमा मृत्यु भएको हो ।
उनी सवार कार सडक किरानाको फलामे बारमा एक्कासी ठोक्किँदा दुर्घटना भएको थियो ।
स्याङ्जा स्थायी ठेगाना भएका पाण्डे पछिल्लो एक दशकयता बुटवलमा बसेर पत्रकारिता गरिरहेका थिए भने उनी कलाकारितामा पनि
प्रकाशित मिति: आइतबार, असार १४, २०७७