राजविराज । प्रदेश २ सरकारले सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतकका परिवारलाई १-१ लाख रुपैयाँ राहत दिने घोषणा गरेकाे छ ।
प्रदेश नं २ का भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले अविरल वर्षासँगै बिहीबार परेको चट्याङ लागेर मृत्यु भएका मृतक परिवारलाई प्रदेश नं २ सरकारले १-१ लाख दिने घोषणा गरेको उनले जानकारी दिए ।
प्रदेश सरकारले मृतक परिवारलाई जनही १-१ लाख रुपैयाँ राहतस्वरुप दिने निर्णय गरेको जानकारी दिँदै चट्याङ लागेर मृत्यु भएका महदेवा गाउँपालिकाका ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको परिवारसँग घरमै गएर भेट गरी मृतकलाई श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् ।
वर्षासँगै परेको चट्याङ लागेर बिहीबार सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ की ३० वर्षीया ललितादेवी यादव, महदेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव तथा राजगढ गाउँपालिका ३ का ४५ वर्षीय केसीलाल साहको ज्यान गएको थियाे । जसमध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने साहको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे ।
प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७